Technology Khabar १० जेष्ठ २०८२, शनिबार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो तीन दशकमा नेपालको सूचना प्रविधि क्षेत्रमा रूपान्तरण भएको र महिलाको सहभागिता गराउने समय आएको बताएकी छन्।
‘गर्ल्स इन आईसिटी डे’को अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको एक कार्यक्रममा सचिव अर्यालले सूचना प्रविधि क्षेत्रमा महिलाको सहभागिता गराउने समय आएको बताएकी हुन्।
उनले मन्त्रालयले महिला र पुरुषको सम्मान सहभागिता गराउने उद्देश्यले सूचना प्रविधि क्षेत्रमा सरकारले लगानी गरेको जानकारी दिईन। उनले भनिन, “नेपालले सूचना प्रविधि क्षेत्रमा निकै प्रगति गरेको भएपनि महिलाको सहभागिता निकै न्यून छ। त्यसको लागि मन्त्रालयले सूचना प्रविधि क्षेत्रमा लगानी गरेको छ।”
उनले ग्रामीण क्षेत्रमा महिलाको सहभागिता बढाउन मन्त्रालयले सोही क्षेत्रमा सूचना प्रविधि सम्बन्धी प्रयोगशाला स्थापना गर्ने लक्ष्य राखेको बताइन।
उनले नेपालका युवाले अझै पनि प्रविधिका क्षेत्रमा चुनौतीको सामना गरी रहेकाले शिक्षा, तालिम, नेतृत्व विकासलगायतमा जोड दिनुपर्ने धारणा व्यक्त गरिन्।
कार्यक्रममा दूरसञ्चार प्रधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय आइसिटी कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अनिता निरौलाले मन्त्रालयले लिङ्गको भेदभाव नगरी सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा, डिजिटल साक्षरता र प्राविधिक पहुँच पुर्याएको बताइन्।
डिजिटल रूपान्तरणका लागि आईसिटीमा महिलाको सहभागिता भन्ने नाराका साथ काठमाडौँमा गल्स इन आईसिटी डे २०२५ आयोगना गरिएको थियो।
गल्स इन आईसिटी डे २०२५ अप्रिल १४ तारिखमा मनाईने गरिन्छ र यस पटक प्राधिकरणले पहिलो पटक अन्तराष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को सहकार्य र तालिकाअनुसार मनाएको हो।
प्रकाशित: १० जेष्ठ २०८२, शनिबार