रोबोटहरू बक्सिङ प्रतियोगितामा रिङ्गमा भिड्दै

  • Technology Khabar | १० जेष्ठ २०८२, शनिबार
रोबोटहरू बक्सिङ प्रतियोगितामा रिङ्गमा भिड्दै

काठमाडौं ।

यस आइतबार पूर्वी चीनको हाङ्गजाउमा हुने रोबोट बक्सिङ प्रतियोगिता अघि एक गहन प्रशिक्षण शिविरमा ह्युमनोइड रोबोटहरूले मुक्का आदानप्रदान गरेका छन्।

यो कार्यक्रम चाइना मिडिया ग्रुप र अन्य संस्थाहरूद्वारा सह–आयोजना गरिएको रोबोट चुनौतीहरूको श्रृंखलाको एक हिस्सा भएको रिपोर्ट गरिएको छ।

हालैको एक खेलमा, हाङ्गजाउ स्टार्टअप युनिट्री रोबोटिक्सद्वारा निर्मित दुई रोबोटहरू रिङ्गमा भिडेका छन्। रिङ्गभित्र रोबोटहरूले आफ्नो प्रहार गर्ने सीप प्रदर्शन गरेको र लडेपछि द्रुत रुपमा उठेर वा उभिएर पनि देखाएको उल्लेख गरिएको छ।

सुधारिएको एल्गोरिदम र हेभि इम्प्याक्ट (भारी प्रभाव) हरू सामना गर्न लचिलोपनको साथ रोबोटहरूलाई व्यवस्थित रूपमा सुधार गरिएको इन्जिनियरहरूले बताएका छन्।

त्यसैगरी रोबोटहरूलाई कम्ब्याट मुभमेण्टको विस्तृत डाटाबेस प्रयोग गरेर प्रशिक्षित गरिने टेलीग्राफले उल्लेख गरेको छ।

रोबोटहरूको बक्सिङ फुटेज हेर्नुहोस्:

प्रकाशित: १० जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १० जेष्ठ २०८२, शनिबार