विश्वको सबैभन्दा धनी व्यक्ति बिल गेट्सको नाडी घडीको मूल्य केवल ६२ युरो!

  • Technology Khabar | १० जेष्ठ २०८२, शनिबार
विश्वको सबैभन्दा धनी व्यक्ति बिल गेट्सको नाडी घडीको मूल्य केवल ६२ युरो!

काठमाडौं ।

यस ग्रहका सबैभन्दा धनी व्यक्तिहरू मध्येको एक बिल गेट्सले प्रायः विलासी श्रेणीमा नपर्ने घडीहरू लगाउँछन् भन्ने सुन्दा जोकोहीलाई पत्यार नलाग्न सक्छ।

माइक्रोसफ्टका सह–संस्थापकले लगाउने धेरैजसो घडीहरूको डिजाइन सरल हुने गरेको र धेरै मूल्यको नहुने बताइएको छ। ती मोडेलहरू मध्ये एक क्यासियो डुरो एमडीभी१०६–१एभी २००एम पनि एक हो।

यो मोडेल आफ्नो सरलता र टिकाउपनको लागि परिचित रहेको छ। यो सन् २०१३ मा रिलीज भएको थियो भने आधिकारिक क्यासियो ब्रान्ड वेबसाइटका अनुसार यसको मूल्य केवल ७० अमेरिकी डलर (लगभग ६२ युरो) रहेको छ। यो स्टेनलेस स्टीलको केस भएको भरपर्दो घडी हो।

यसमा कोगव्हीलको स्टाइल (शैली) मा डाइभिङको लागि रोटेटिङ्ग बेजेल र थ्री ह्याण्डसहितको एनालग डिस्प्ले रहेको छ। यसको ब्ल्याक (कालो) डायलमा विभिन्न इण्डेक्सेज, ह्याण्डस र डेट विण्डो छन् भने ती सबै लुमिनस एक्सेन्टहरू सहितको भएको थप उल्लेख गरिएको छ।

यो घडीमा रबरको स्ट्राप रहेको छ जुन लगाउँदा आरामदायी हुने र यसको नामले सुझाव दिए जस्तै यसले २०० मिटर गहिरोसम्म वाटर रेसिस्टेण्ट (पानी प्रतिरोध) भएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १० जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s high-tech FDI surges in first 8 months of 2026

  • Technology Khabar
  • १० जेष्ठ २०८२, शनिबार