ताजा समाचार

ई–कमर्स प्लेटफर्म बिजबजारको प्रमुख कार्यकारी अधिकृतमा उत्सव ढकाल

ई–कमर्स प्लेटफर्म बिजबजारको प्रमुख कार्यकारी अधिकृतमा उत्सव ढकाल
Global IME Bank

ई–कमर्स प्लेटफर्म बिजबजार लिमिटेडले उत्सव ढकाललाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ।

कम्पनीले आफ्नो दीर्घकालीन रणनीति, डिजिटल व्यापारको सुदृढीकरण तथा व्यवसाय विस्तारलाई थप सशक्त र सन्तुलित ढङ्गले अघि बढाउने उद्देश्यले ढकाललाई नियुक्त गरेको जनाएको छ।

कम्पनीकाअनुसार ढकालसँग मार्केटिङ तथा ब्रान्ड रणनीति, सम्पादकीय नेतृत्व, शिक्षण तथा वित्तीय तालिमका क्षेत्रमा सात वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ।

शिक्षा क्षेत्रमा सक्रिय ढकाल हाल एभरेष्ट कलेज, मदन भण्डारी मेमोरियल कलेज र क्वेस्ट इन्टरनेसनल कलेजमा व्यवस्थापन संकायका प्राध्यापकको रूपमा आबद्ध छन्। शिक्षणसँगै उनले विगत सात वर्षदेखि शेयर बजार सम्बन्धी तालिम समेत प्रदान गर्दै आएका जनाएको छ।

Sajilo Visa
easy care