जीटीए ६ का फ्यानहरूका लागि खुशीको खबर, मूल्य ८० डलर भन्दा कम हुनसक्ने

Technology Khabar ११ जेष्ठ २०८२, आईतवार

काठमाडौं ।

ग्राण्ड थेफ्ट अटो भीआई एक वर्षभन्दा कम समयमा रिलिज हुने अपेक्षा गरिएको छ भने धेरै मानिसहरू यसको मूल्य कति पर्छ भनेर थाहा पाउनको लागि उत्सुक भएको उल्लेख गरिएको छ। रकस्टारको यो खेल अहिलेसम्मकै सबैभन्दा धेरै प्रतिक्षित खेलहरू मध्ये एक हो।

ग्राण्ड थेफ्ट अटो भीआईको मूल्यको बारेमा अझै सम्म कुनै आधिकारिक जानकारी उपलब्ध नभएको बताइएको छ। साथै माइक्रोसफ्ट जस्ता कम्पनीहरूले हालै गरेको मूल्य वृद्धिले प्रशंसकहरूमा चिन्ता उत्पन्न गरेको छ। खेलका प्रशंसकहरूमाझ सन् २०२६ मा जीटीए भीआई खरिद गर्दा वालेटमा गम्भीर बोझ पर्न सक्छ भन्ने डर पैदा भएको टेलिग्राफले रिपोर्ट गरेको छ।

गत महिना, माइक्रोसफ्टले आफ्नो हार्डवेयर र सफ्टवेयरको मूल्य बढाउने घोषणा गरेको थियो र यसको खेलहरूको लागि वर्षको अन्त्यसम्ममा ८० अमेरिकी डलर मूल्य हुने अपेक्षा गरिएको छ।

यो एकदमै ठूलो मूल्य वृद्धि हुने भएकाले नयाँ ग्राण्ड थेफ्ट अटो सिक्वेलको पर्खाइमा रहेकाहरू चिन्तित हुनु कुनै अचम्मको कुरा होईन।

“हामीसँग धेरै लामो समयदेखि विभिन्न मूल्य दायराहरू छन्। मैले पहिले भनेझैं, हामी मूल्यमा ध्यान केन्द्रित गर्न चाहन्छौं। हामी ग्राहकहरूलाई उनीहरूले तिर्ने भन्दा धेरै बढी मूल्य दिन चाहन्छौं। त्यो हाम्रो लक्ष्य हो। हामीले त्यो पूरा गर्नुपर्छ र त्यो हाम्रो फोकस (ध्यान) हो, मूल्य प्रतिबन्ध होइन” भनि टेक–टू इन्टरएक्टिभका सीईओ स्ट्रस जेलनिकले बताएका छन्।

जीटीएका निर्माता रकस्टारको मूल कम्पनी टेक–टुले जीटीए भीआईको मूल्य निर्धारणमा ठूलो प्रभाव पार्नेछ। त्यसैले जेल्निकको भनाइले खेलका प्रशंसकहरू माझ थोरै आशावादी बनाएको उल्लेख गरिएको छ।

प्रकाशित: ११ जेष्ठ २०८२, आईतवार

तपाइको प्रतिक्रिया