ताजा समाचार

विद्युतीय खरिद प्रणालीसम्बन्धी आधारभूत तालिम

विद्युतीय खरिद प्रणालीसम्बन्धी आधारभूत तालिम
सांकेतिक तस्वीर। फ्रिपिक डटकमको सहयोगमा।
Global IME Bank

सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँ र बागमती गाउँपालिका पूर्वाधार विकास संस्थाद्वारा संयुक्त रुपमा विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम यहाँ आयोजना गरिएको छ।

सो अवसरमा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले दीर्घकालीन योजना अनुरुप विकास निर्माणका लागि अनुकूल नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड दिए।

“सूचना प्रविधिको युगमा पारदर्शीता, प्रतिस्पर्धा र जवाफदेहितालाई सुनिश्चित गर्न विद्युतीय खरिद प्रणाली एक आवश्यक उपकरण बनेको छ। यस प्रणालीबाट सार्वजनिक खरिद प्रक्रियामा हुने अनियमितता, ढिलासुस्ती तथा अपारदर्शीता हटाउन सकिन्छ, यसबाट सरकारको खर्चमा पारदर्शीता ल्याउन सहयोग पुर्याएको छ,” उनले भने।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामचन्द्र दङ्गालले अनलाइनबाट सेवा प्रवाह गर्ने पद्दतिको विकास भएको वर्तमान समयमा बोलपत्रदाता विद्युतीय खरिद प्रणालीमा अध्यावधिक हुनु अनिवार्य भएको बताए।

कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी, निर्माण व्यवसायी सङ्घ ललितपुरका वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिनालगायतले धारणा राखेका थिए। रासस

Sajilo Visa
easy care