Technology Khabar ७ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर पार्ट्स वितरक सत्यदिप इन्टरनेसनलले केज पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ।
जेठ २ गते चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा सम्पन्न सो कार्यक्रममा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले कम्पनीको दुई दशक देखिको यात्राको बारेमा जानकारी प्रदान गर्नुका साथै सत्यदिपको गुणस्तर, विश्वसनियता र देशव्यापी वितरण क्षमताको बारेमा जानकारी प्रदान गरेका थिए।
सो अवसरमा केजको ग्लोबल भिजन र प्रोडक्ट इनोभेसनको वारेमा केजका सेल्स डाइरेक्टर चोङ चिन सियोङ र केज ब्रान्डको नेपालमा बजार रणनीति, प्रभावशाली वृद्धि पथ र भविष्यको योजना वारेमा सत्यदिप इन्टरनेसनलका बिजनेस डेभलपमेन्ट म्यानेजर दिवाकर मिश्रले प्रस्तुतिकरण मार्फत जानकारी प्रदान गरेका थिए।
नेपालमा केजले चाइनिज–ओरिजिन ब्याट्रीमा ४० प्रतिशत र नेपालको दुईपांग्रे सवारीको ब्याट्री बजारमा २० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगटेको छ। यसकारण यो सेगमेन्टमा केज नम्बर १ ब्याट्री ब्रान्ड बनेको कम्पनीको दावी छ।
प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार