फाइभजी परीक्षण गर्न १ करोड ८४ लाखभन्दा बढी खर्च, कार्यान्वयन शून्य: महालेखा

  • Technology Khabar | ६ जेष्ठ २०८२, मंगलवार
फाइभजी परीक्षण गर्न १ करोड ८४ लाखभन्दा बढी खर्च, कार्यान्वयन शून्य: महालेखा

काठमाडौं ।

यो वर्ष नेपाल टेलिकमले फाइभजी प्रविधिको उपयोगिता परीक्षण गर्न १ करोड ८४ लाख ३८ हजार रुपैयाँ खर्च गरे पनि कार्यान्वयन भने शून्य देखिएको छ।

महालेखापरीक्षकको कार्यालयद्वारा जारी बासट्ठीऔं प्रतिवेदनले यस्तो आँकडा देखाएको हो। प्रतिवेदन अनुसार विश्वका विभिन्न देशले फाइभजी प्रविधिमा आधारित मोबाइल सेवा शुरु गरिसकेको अवस्थामा नेपाल टेलिकमले पनि गत वर्ष फाइभजी प्रविधिको उपयोगिता परीक्षण गर्न १ करोड ८४ लाख ३८ हजार खर्च गरेकोमा फाइभजी कार्यान्वयनमा प्रगति गरेको छैन।

यसरी खर्च हुने तर कार्यान्वयन नहुने प्रवृत्ति विचार गरी प्रविधिमा आएको परिवर्तन, प्रतिस्पर्धाको अवस्था, फाइभजी प्राविधिक कार्यान्वयनमा प्रभावकारिता ल्याउनुपर्ने महालेखाले सुझाव दिएको छ।

सम्बन्धित समाचार

प्राधिकरणले फ्रिक्वेन्सी नदिँदा नेपाल टेलिकमको फाईभजी परीक्षणमा समस्या

दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी नदिएका कारण टेलिकमले आजभन्दा ५ वर्षअघि अर्थात् २०७८ सालमा नै फाइभजी परीक्षण गर्न खोज्दा रोकिएको थियो।

२०७७ सालमै प्राधिकरणले बोर्ड बैठक गरेर सम्भावित फाइभजी फ्रिक्वेन्सीहरु नेपाली टेलिकम कम्पनीहरुले उपयोग गर्न सक्ने गरि सिफारिस गरेको थियो।

सो सिफारिस सरकारअन्तरगत रहेको र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहत रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा पुगेको थियो। सो सिफारिसको आधारमा समितिले आवश्यक छलफल गरेर मात्र नयाँ फाइभजी फ्रिक्वेन्सीहरु खुला गर्ने भएकाले फ्रिक्वेन्सी नखुलाइएका कारण टेलिकमले परीक्षण गर्न भने सकेको थिएन।

सम्बन्धित समाचार

फाईभजीको लागि फ्रिक्वेन्सी सिफारिस, तर कहिले आउँछ नेपालमा फाईभजी टुंगो छैन्

प्रकाशित: ६ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार