चिरञ्जीवी अधिकारी क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा, चार जना सचिव पनि चयन

Technology Khabar ५ जेष्ठ २०८२, सोमबार

काठमाडौं ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को वरिष्ठ उपाध्यक्ष पदमा चिरञ्जीवी अधिकारी सर्वसम्मतरूपमा चयन भएका छन्।

नेपालको सूचना तथा प्रविधि क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय रहेका अधिकारी कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका छन्। उनी क्यान महासंघका ६ जना उपाध्यक्ष मध्येबाट सर्वसम्मत चयन भएका बताईएको छ।

अधिकारीसँगै क्यान महासंघको कोशी प्रदेश सचिवमा ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश सचिवमा नारायण श्रेष्ठ, संस्थागत समूह सचिवमा केशव भट्टराई र व्यक्तिगत समूह सचिवमा दिपेन्द्र पौडेल चयन भएका छन्।

अधिकारी क्यान महासंघको पूर्व महासचिव भईसकेका छन भने ईन्फरमेशन सेक्यूरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) का निर्वतमान अध्यक्ष तथा सेन्टर फर साइबरसिक्योरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई) का संस्थापक अध्यक्ष हुन्।

त्यसैगरी, उनी हाल वन कभर प्रालि नामक साइबर सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्।

यसअघि अधिकारीलाई वरिष्ठ उपाध्यक्षमा चयन गर्न राखिएको कार्यसमिति बैठक विवादमा परेको थियो। उक्त बैठक अध्यक्ष सुनैना पाण्डे समूहले एकलौटीरुपमा राखेको र अवैधानिक भएको भन्दै क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले प्रेस विज्ञप्ती जारी गरिसकेका छन्।

हेर्नुस् समाचार-

क्यान महासंघ विवादः अध्यक्षले राखेको आजको बैठक अवैधानिक भएको भन्दै महासचिवको विज्ञप्ती

* हेडलाइन सम्पादन गरिएको छ -सम्पादक

प्रकाशित: ५ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया