टेरामोस भ्रष्ट्राचार प्रकरणका आरोपित सांसद बस्नेत निलम्वित

  • Technology Khabar | १ जेष्ठ २०८२, बिहीबार
टेरामोस भ्रष्ट्राचार प्रकरणका आरोपित सांसद बस्नेत निलम्वित

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्वन भएको पत्र पढेर सुनाए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहनुभएका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्वन भएका हुन।

टेरामोक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले उनीहरूमाथि रु तीन खर्ब २१ करोड बिगो माग दाबी गरिएको छ। रासस

प्रकाशित: १ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार