के कृत्रिम बुद्धिमत्ताले जनावरको आवाजलाई शब्दमा अनुवाद गर्न सक्छ?

  • Technology Khabar | २९ बैशाख २०८२, सोमबार
के कृत्रिम बुद्धिमत्ताले जनावरको आवाजलाई शब्दमा अनुवाद गर्न सक्छ?

काठमाडौं ।

चिनियाँ प्रविधि कम्पनी बाईदुले जनावरको आवाजलाई मानव भाषामा अनुवाद गर्न एआई प्रयोग गर्न सम्भव छ कि छैन भनेर अन्वेषण गरिरहेको खुलासा भएको छ।

बाईदुले चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासनमा यस पेटेन्टको दायर गरेको छ।

यस पेटेन्टमा ध्वनि, व्यवहार र संकेतहरू जस्ता जनावरको डाटा सङ्कलन गर्ने प्रणाली रहेको स्काईन्यूजले रिपोर्ट गरेको छ।

जनावरको भावनात्मक अवस्था पहिचान गर्न डिजाइन गरिएको एआई–संचालित विश्लेषण अघि यसलाई प्रोसेस (प्रशोधन) र मर्ज (मिलाउने) गरिने उल्लेख गरिएको छ।

त्यसपछि यी भावनात्मक अवस्थाहरूलाई मानव भाषामा अनुवाद गर्न सकिने र “प्रजातिहरू बीचको सञ्चारको शुद्धता र दक्षता” सुधार गर्न सकिने बाईदुले उल्लेख गरेको छ।

तर, अनुवादक भने “अझै अनुसन्धानको चरणमा” रहेको उल्लेख गरिएको छ।

जनावरको अनुवादले लामो समयदेखि मानिसहरूलाई मोहित पारिरहेको अवस्थामा प्राविधिक प्रगतिले हालसालै यसलाई अझ सम्भव बनाएको छ।
एआई प्रयोग गर्ने बाईदुको नयाँ प्रविधिले घरपालुवा जनावरहरूलाई बुझ्ने नयाँ अवसर प्रदान गर्न सक्ने टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २९ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार