प्रिन्टिङ प्रणालीमा समस्या भएपछि अत्यावश्यक लाइसेन्स छपाइ बन्द

  • Technology Khabar | २८ बैशाख २०८२, आईतवार
प्रिन्टिङ प्रणालीमा समस्या भएपछि अत्यावश्यक लाइसेन्स छपाइ बन्द

काठमाडौं ।

यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ कार्य बन्द भएको छ।

यहि वैशाख २५ गते बिहिबारदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि सेवा बन्द भएको विभागले आइतबार सूचना जारी गर्दै जानकारी दिएको छ।

विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो।

अब अर्को सूचना प्रकाशन नभएसम्मका लागि अत्यावश्यक लाइसेन्स छपाइ सेवा बन्द भएको विभागको सूचनामा उल्लेख छ।

प्रकाशित: २८ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार