
काठमाडौं ।
इकमर्स कम्पनी शपिफाईले बिहीबार आफ्नो दोस्रो त्रैमासिकको राजस्व वाल स्ट्रिटले अनुमान गरेको भन्दा बढी हुने पूर्वानुमान गरेको छ र यसले विश्वव्यापी व्यापार अनिश्चितताले खुद्रा व्यवसायहरूलाई असर गर्ने खतरा भए पनि विक्रेताहरूलाई निरन्तर तानिरहेको संकेत गरेको उल्लेख गरेको छ।
कम्पनीको अमेरिकी–सूचीबद्ध शेयरहरू भने प्रिमार्केट ट्रेडिंगमा ६ प्रतिशत भन्दा बढीले घटेको छ। शपिफाईले हालको त्रैमासिकको कुल नाफा डलर १५ देखि १८ प्रतिशत दरमा बढ्ने अनुमान गरेको छ, तर विश्लेषकहरूले २०.२ प्रतिशत वृद्धिको अपेक्षा गरिरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक ट्यारिफ योजनाहरूले ल्याएको व्यापार तनावलाई समायोजन गर्न संघर्ष गरिरहेको अवस्थामा धेरै कम्पनीहरूले आफ्नो भविष्यवाणी घटाइरहेका वा रद्द गरिरहेका बेला शपिफाईको सकारात्मक बिक्री पूर्वानुमान राहतको रूपमा आएको हो।
ई–कमर्स इण्डस्ट्रि (वाणिज्य उद्योग) नेता अमेजनले गत हप्ता जुन त्रैमासिकको बिक्री अनुमान भन्दा धेरै माथिको पूर्वानुमान गरेको थियो, र यसले मागमा कुनै मन्दी वा उपभोक्ता व्यवहारमा उल्लेखनीय परिवर्तनहरू नदेखेको उल्लेख गरेको थियो।
क्यानडाको ओन्टारियोमा आधारित शपिफाइले चालू त्रैमासिकमा २४ प्रतिशत दरमा राजस्व बढ्ने अपेक्षा गरेको रोयटर्सले रिपोर्टमा बताएको छ।
शपिफाइले मार्च ३१ तारिखमा समाप्त भएको पहिलो त्रैमासिकको लागि २.३६ अर्ब डलरको राजस्व (आम्दानी) को रिपोर्ट गरेको थियो।
प्रकाशित: २८ बैशाख २०८२, आईतवार