मोबाइलमा मात्र होईन अब गाडिमा पनि फिंगरप्रिन्ट, हुण्डाइ गाडिको ढोकामा फिंगरप्रिन्ट प्रयोग

Technology Khabar २ पुष २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं । हुण्डाइ मोटर्सले ड्राइभरहरुलाई आफ्नो फिंगरप्रिन्टको प्रयोगमार्फत गाडि अनलक गर्न र स्टार्ट गर्न सकिने कार सिस्टम विकसित गरेको छ ।

दक्षिण कोरियाली गाडि निर्माता कम्पनीले घोषणा गरेको यो सिस्टम सन् २०१९ मा आउने सान्ता फे गाडिमा जडान गर्नेछ जून आगामी वर्षको पहिलो चौमासिकमा चीनमा लन्च हुने अनुमान गरिएको छ ।

ड्राइभरहरुले सो सिस्टम प्रयोग गर्नुभन्दा पहिले कारमा उनीहरुको औँठाछाप दर्ता गर्नुपर्ने हुन्छ ।
गडिको ढोकाको ह्याण्डलमा फिंगरप्रिन्ट रिडर हुनेछ जसले सिस्टममा इन्क्रिप्टेड डेटा पठाउनेछ र कार अनलक हुनेछ । त्यसैगरि कारको इग्निसन बटनमा पनि फिंगरप्रिन्ट रिडर जडान गरिएको हुनेछ ।

एउटै कारमा विभिन्न ड्राइभरहरुले आफ्नो फिंगरप्रिन्ट रजिस्टर गर्न सक्नेछन र फिंगरप्रिन्टको प्रयोगको आधारमा कारले स्वचालितरुपमा सिटको पोजिसन मिलाउनेछ साथसाथै कारको रियरभ्यू मिररहरुको एंगल पनि मिलाउनेछ ।

कम्पनीले सो सिस्टममा आगामी दिनमा कस्टमाईज्ड टेम्पेरेचर, ह्यूमिडिटी र स्टीयरिंग सेटिंग्स राख्ने बताएको छ।

यसअघि पनि विभिन्न कम्पनीहरुले गाडिमा फिंगरप्रिन्ट सिस्टम जडान गरेका छन, जर हुण्डाइले पहिलो पटक कारको बाहिरी भागमा यस्तो फिंगरप्रिन्ट सिस्टम राख्न लागेको हो । यस्तो बाहिरी फिंगरप्रिन्ट सिस्टममा सुरक्षा र दिगोपनाको विषयले कठिन हुने गरेको छ ।

प्रकाशित: २ पुष २०७५, सोमबार

तपाइको प्रतिक्रिया