
काठमाडौं ।
काठमाडौं । भिडियो शेयरिंग प्लेटफर्म यूट्यूबले आफ्नो प्लेटफर्ममा आपत्तिजनक कन्टेन्ट हटाउने प्रयास स्वरुप कम्पनीले दुई महिनाको बिचमा ७८ लाख भन्दा बढि भिडियोहरु हटाएको छ ।
साथै कम्पनीले यदि कसैले पनि कम्पनीको गाइडलाइन्स फलो गर्दैन भने त्यसको च्यानल पनि ब्लक गरिदिने चेतावनी दिएको छ ।
यूट्यूबको बारेमा यूट्यूब कम्यूनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्टकाअनुसार यी भिडियोहरुमध्ये ८१ प्रतिशत भिडियोहरु मशीनद्धारा पत्ता लगाईएको थियो । मशीनद्धारा गरिएको छानबीनमा ७४.५ प्रतिशत भिडियोहरु यस्ता थिए जसमा एउटा पनि भ्यू थिएन् । कम्पनीले जूनदेखि सेप्टेम्बरको बिचमा ७८ लाख भिडियोहरु हटाएको हो ।
कम्पनीले शुक्रबार स्टेटमेन्ट जारी गर्दै भनेको छ, ‘जब हामीले एक भिडियोलाई हाम्रो दिशानिर्देशनहरुको उल्लंघन गरिरहेको पायौं र हामीले त्यसलाई हटाईदियौं र च्यानललाई कारबााही गर्यौं । हामी पुरै च्यानल नै बन्द गरिदिन्छौं, यदि त्यसले हाम्रो कम्यूनिटी गाइडलाइनसको विरुद्धमा कन्टेन्टहरु पोष्ट गर्दछन वा बाल यौन उत्पीडन जस्ता मुद्धामा एक पटक पनि यसको गंभीररुपले उल्लघंन गरेमा ।’
कम्पनीले आफ्नो प्लेटफर्ममा गलत कन्टेन्टहरु रोक्नका लागि ह्यूमन रिभ्यूअर र टेक्नोलोजी दुबैको प्रयोग गरिरहेको छ । कम्पनीले सन् २०१७ देखि नै यस्ता कन्टेन्टहरुलाई फ्ल्याग गर्नका लागि एडभान्स्ड मशीन लर्निंगको प्रयोग गरिरहेको छ ।
कम्पनीकाअनुसार सेप्टेम्बरमा ९० प्रतिशत भन्दा अधिक अपलोडेड भिडियोहरु हिंस्रक अतिवाद वा बाल सुरक्षाको लागि हटाईएको बताएको छ ।
प्रकाशित: २ पुष २०७५, सोमबार