Technology Khabar १९ बैशाख २०८२, शुक्रबार

काठमाडौं ।
सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम घोषणा गर्दै सूचना प्रविधिको पूर्वाधार बिस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगद रहित कारोबार स्थापना गरिने भएको घोषणा गरेका छन्।
यसैगरी उनले डिजिटल बैंक स्थापना गरिने घोषणा गरेका छन्।
उनले घोषणा गरे, “नीतिगत व्यवस्था गरि डिजिटल बैंक स्थापना गरिनेछ।”
प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार