Technology Khabar १९ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
सामाजिक सञ्जालको प्रयोग बढेसँगै मिथ्या सूचना पनि बढ्दै गएकाले यसबाट जोगिन पर्याप्त छलफल र जनचेतना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारिता तथा आमसञ्चार विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागीले मिथ्या सूचना विश्वभर नै समस्याका रूपमा देखिएकाले सामाजिक सञ्जालको सही प्रयोगमा बढावा दिनुपर्ने बताएका हुन्।
कार्यक्रममा विभागका प्रमुख डा. कुन्दन अर्यालले पछिल्लो समय परम्परागत सञ्चार माध्यमभन्दा सामाजिक सञ्जाल सूचनाको सशक्त माध्यमका रूपमा स्थापित हुन थालेको बताए। धेरैका लागि सामाजिक
सञ्जाल नै सूचना उपभोगको स्रोत भएकाले त्यस्तो माध्यमबाट प्रवाह हुन सक्ने सूचनाको विश्वसनीयताको विषय भने चुनौतीपूर्ण रहेको उनको धारणा थियो।
कार्यक्रममा भिडियो कन्टेन्ट प्लेटफर्म टिकटकका एक प्रतिनिधिले टिकटकले मिथ्या सूचनाको चुनौती सामना गर्न कम्युनिटी गाइडलाइन्स’ कार्यान्वयनमा ल्याएको बताइन्।
प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार