वाईफाई नेपालद्वारा नयाँ १०० एमबीपीएस इन्टरनेट योजना डुअल ब्यान्ड राउटर सहित सार्वजनिक

Technology Khabar १६ बैशाख २०८२, मंगलवार

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो सेवा दायरा थप विस्तार गर्दै उच्चगतिको १०० एमबीपीएस फाइबर इन्टरनेट सेवा औपचारिक रुपमा सार्वजनिक गरेको छ।

अहिलेसम्म ५० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट सेवा प्रदान गर्दै ७०,००० भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाई सेवा दिँदै आएको कम्पनीले अब बढ्दो डिजिटल आवश्यकतालाई ध्यानमा राखी डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको हो जुन नेपाली घरपरिवार र साना व्यवसायहरुका लागि विशेष रुपमा डिजाइन गरिएको उसले दावी गरेको छ।

नयाँ १०० एमबीपीएस योजना ग्राहकहरुले निम्न शुल्कमा लिन सक्नेछन्ः
२४ महिनाको लागि मात्र रु. १५,७०७
१२ महिनाको लागि मात्र रु. ९,४६९

उल्लेखित मूल्यमा भ्याट समेत समावेश गरिएको छ र अतिरिक्त कुनै शुल्क लाग्दैन, जसले गर्दा ग्राहकहरुले पूर्ण पारदर्शिता र उचित मूल्यमा सेवा पाउने कम्पनीले जनाएको छ।

वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियार भन्छन्, “वाईफाई नेपालको लक्ष्य सधैं सबै नेपालीहरुलाई छिटो र भरपर्दो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु नै हो। आज हामी १०० एमबीपीएस सेवा सार्वजनिक गर्न सफल भएका छौं। हामी हाम्रो समाजको बढ्दो डिजिटल आवश्यकता बुझ्दछौं र सबैले वहन गर्न सक्ने मूल्यमा उच्च गुणस्तरीय फाइबर इन्टरनेट उपलब्ध गराएर त्यो खाँचो पूरा गर्न पाएकोमा गर्व महसुस गर्छौं।”

वाईफाई नेपालले आफ्ना उद्देश्यहरुलाई कायम राख्दै, गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा माध्यमबाट नेपाली व्यक्ति र साना व्यवसायहरुलाई सशक्त बनाउन प्रतिबद्ध रहेको छ। कम्पनीले सेवा विश्वसनीयता र ग्राहक सन्तुष्टिको नयाँ स्तर निर्धारण गर्दै अगाडि बढिरहेको छ।

प्रकाशित: १६ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया