
काठमाडौं ।
काठमाडौं । भोल्भो ट्रक्सले आफ्नो नयाँ आउन लागेको इलेक्ट्रीक ट्रकको नयाँ फोटो देखाएको छ । कम्पनीले सो इलेक्ट्रीक ट्रक आगामी वर्ष क्यालिफोर्नियामा ल्याउने योजना राखेको छ ।
इलेक्ट्रीक ट्रक कम्पनीले डेमोन्ट्रेसन प्रोजेक्टअन्तरगत निर्माण गरेको हो ।
क्यालिफोर्निया राज्यले हावाको गुणस्तरमा सुधार गर्न र कार्बन उत्सर्जन घटाउन काम गर्ने तयारी गरिरहेको छ । सोही योजनाअन्तर्गत भोल्भोले इलेक्ट्रीक ट्रक तयार पारेको हो ।
भोल्भो ट्रक्सले आफ्नो नयाँ इलेक्ट्रीक भीएनआर ट्रक परिक्षण गर्ने योजना राखेको छ, यो ट्रक डिजेल पावर युक्त भीएनआर मोडलको पुन निर्मित भर्सन हो । इलेक्ट्रीक भीएनआर ट्रकमा भोल्भो एफई इलेक्ट्रीकमा प्रयोग भएको पावरट्रे टेक्नोलोजी प्रयोग गरिएको छ । यो ट्रक उत्तर अमेरिकाको कर्मसियल गाडि बजारको लागि सन् २०२० देखि उत्पादन गरिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले सो ट्रकको स्पेशिफिकेसनको बारेमा जानकारी दिएकोछैन् । त्यसैगरि कम्पनीले पुरै डिजाइन, रेन्ज र तौलको बारेमा पनि जानकारी दिएको छैन् ।
भोल्भो ट्रक्स नर्थ अमेरिकाका नयाँ प्रेसिडेन्ट पिटर भूरहोईले भने, हामीले भोल्भो भीएनआर इलेक्ट्रीक ट्रकको घोषणा गरेका छौं, जून दिगो शहरी विकासको लागि सहयोगी पक्ष हुनेछ ।े
कम्पनीले २३ वटा भीएनआर इलेक्ट्रीक मोडलहरु क्यालिफोर्नियामा प्रयोग गर्ने योजना लिएको छ, जून भोल्भो लाइटसको रुपमा रहनेछन् ।
यसबाहेक अन्य कम्पनीहरुले पनि इलेक्ट्रीक ट्रकको परिक्षण गरिरहेका छन् । ड्यामलर ट्रक्स नर्थ अमेरिकाले गत जुलाईमा २० वटा पूर्णरुपको इलेक्ट्रीक हेभी, मिडियम र ड्यूटी फ्रटलाइन मोडलहरु लस एन्जल्समा परिक्षण गरिरहेको जानकारी दिएको थियो । त्यस्तै टेस्लाले पनि इलेक्ट्रीक भीएनआर ट्रक बनाईरहेको छ ।
प्रकाशित: २७ मंसिर २०७५, बिहीबार