नौ महिनामा नेपाल भित्रिए साढे ६ अर्बमाथिको ल्यापटप तथा नोटबुक

Technology Khabar १७ बैशाख २०८२, बुधबार

नौ महिनामा नेपाल भित्रिए साढे ६ अर्बमाथिको ल्यापटप तथा नोटबुक
सांकेतिक तस्विर

काठमाडौं ।

आर्थिक वर्ष २०८१/८२ को नवौं महिना चैतमा पनि अघिल्ला महिनामा झैं ल्यापटप तथा नोटबुक आयातमा उल्लेख्य बढोत्तरी  भएको छ।

हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा विभिन्न ३४ देश र एउटा नाम नखुलेको स्थानबाट ६ अर्ब ५५ करोड  ७८ लाख ४० हजार रुपैयाँ बराबरका जम्मा ९५ हजार ९८१ थान ल्यापटप तथा नोटबुकहरु आयात भएको पाइएको छ।

तथ्याङ्कअनुसार ल्यापटप तथा नोटबुक आयातको आँकडा फागुन मसान्तसम्म ८५ हजार ७२० रहेकोमा चैत मसान्तसम्म आइपुग्दा १० हजार २६१ ले बढेर ९५ हजार ९८१ मा पुगेको हो।

रकमका हिसाबले फागुन मसान्तदेखि चैसम्मको एक महिनामा ६८ करोड ६२ लाख ४३ हजार बढेर  ५ अर्ब १८ करोड ७८ लाख ४५ हजारबाट ६ अर्ब ५५ करोड ७८ लाख ४ हजार पुगेको देखिन्छ।

फागुन महिनासम्मको समग्र नोटबुक तथा ल्यापटप आयातबापत् सरकारले १ अर्ब २५ करोड १६ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

सबैभन्दा धेरै ९१ हजार ७१५ थान चीनबाट आयात

यो आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट सबैभन्दा धेरै अर्थात् ९१ हजार ७१५ थान ल्यापटप तथा नोटबुक डिभाइसहरु आयात भएको पाइएको छ।

यस्तो छ विवरण:

तीन अंकसम्मको

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
चीन९१७१५६२४२१५७
भारत१८८१४८७९
मलेशिया१६६०११०१९८
सिंगापुर२८३१७९०३
यूएई५४१४०२५५
नाम नखुलेको स्थान४४१३८१०१
अमेरिका३६५२७०६६
भियतनाम२६९२६५९८
अस्ट्रेलिया१२७८६५४

 

दुई अंकसम्मको

 

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
ताइवान८९९३५२
इण्डोनेसिया४२३७१४
हङकङ४७२९८३
डेनमार्क३२२११२
बेलायत२७१६१८
कतार१९९०३
क्रिसमश आइल्याण्ड३०३४४१
कुवेत११२८४
जापान३५२२४४
१०फ्रान्स१०६५२

 

प्रकाशित: १७ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया