मेटाले अफ्रिकामा “कन्टेन्ट मोडरेटरहरूको मानसिक स्वास्थ्य सहयोगको” अर्को मुद्दाको सामना गर्दै

Technology Khabar १६ बैशाख २०८२, मंगलवार

काठमाडौं ।

घानामा कन्टेन्ट मोडरेटर्स (सामग्री मध्यस्थकर्ताहरू) ले अनुभव गरेको मनोवैज्ञानिक हानिको बारेमा फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले अफ्रिकामा दोस्रो चरणको मुद्दाको सामना गरिरहेको छ।

आक्रामा रहेको मेजोरेल कम्पनीका मोडरेटरहरूले हिंसात्मक र ग्राफिक केन्टेन्ट (सामग्री) को सम्पर्कमा आएका कारण डिप्रेसन, चिन्ता र लागूपदार्थको समस्याबाट पीडित भएको बताएका छन्।

केहीले कठोर काम गर्ने अवस्था र अपर्याप्त मानसिक स्वास्थ्य सहयोगको बारेमा पनि रिपोर्ट गरेका छन्।

केन्यामा पनि यस्तै घटना भएको  र जहाँ सामसोर्सद्वारा कार्यरत दर्जनौं मोडरेटर्स (मध्यस्थकर्ताहरू) लाई पोस्ट–ट्रमाटिक तनाव भएको पाइएको उल्लेख गरिएको छ।

घानामा मुद्दाको तयारी स्थानीय फर्मसँगको सहकार्यमा एक ब्रिटिश संस्थाद्वारा नेतृत्व गरिएको उल्लेख छ।

मेटा र यसका ठेकेदारहरूले कामदारहरूको सुरक्षा र कल्याणकारी अवस्थालाई बेवास्ता गरेको उनीहरूले दाबी गरेका छन्।

मेटा र मेजोरेलको मूल कम्पनीले भने आरोपहरूलाई अस्वीकार गरेको छ। कम्पनीले कडा तलब र मानसिक स्वास्थ्य सहयोग प्रदान गरिरहेको बताएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १६ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया