ताजा समाचार

कालीकोटको गाउँमै भिडियो एक्सरे सेवा, स्थानीय लाभान्वित

कालीकोटको गाउँमै भिडियो एक्सरे सेवा, स्थानीय लाभान्वित
Global IME Bank

कालीकोट जिल्लाको महाबै गाउँपालिकाको स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु गरिएको छ। गर्भवतीको स्वास्थ्य परीक्षणसहित अन्य समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा
सुरु गरिएको हो।

गाउँपालिकाको गेला स्वास्थ्य चौकी कुनीबाट भिडियो एक्सरे सेवा सुरु गरिएको छ।

स्थानीय एक गैरसरकारी संस्थाको सहयोगमा एक्सरे मेसिन प्राप्त भएको हो। गाउँपालिकाका स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख नन्दी साहीले गाउँमा भिडियो एक्सरे सेवा सुरु हुँदा स्थानीयमा उत्साह आएको बताइन्।

दुर्गमका महिला गर्भावस्था हुँदा राम्रो स्वास्थ्य परीक्षण गर्न नपाउँदा निकै जोखिम मोल्दै आएका छन्। पछिल्लो समय भने यसरी गाउँमा भिडियो एक्सरे सेवा सुचारु हुँदा केही राहत भएको स्थानीयको भनाइ छ।

गेलाका स्थानीय गोरखबहादुर शाहीले कुनै बेला सिटामोलका लागि जिल्ला सदरमुकाम मान्म जानुपर्ने अवस्था अहिले अन्त्य हुँदै गएको बताए।

आजको गोरखापत्रबाट

Sajilo Visa
easy care