Technology Khabar १५ बैशाख २०८२, सोमबार
काठमाडौं ।
बेलायतमा किशोरहरूको एक समूहले नक्कली बन्दुक बोकेर टिकटक भिडियो रेकर्ड गरिरहेको भेटिएपछि एक युवकलाई पक्राउ गरिएको छ।
क्लिभल्याण्ड प्रहरीले शुक्रबार मिडल्सब्रोको साउथफिल्ड रोडस्थित स्टुडेन्ट लाइफ बिल्डिङ्ग नजिकै पाँचजना किशोर युवकहरूसँग बन्दुक भएको खबर पाएपछि अधिकारीहरूले तिनीहरुलाई रोकेको बताएको छ।
‘हतियारधारी अधिकारीहरूलाई बोलाइएको र उनीहरूले टिकटक भिडियोमा प्रयोग भइरहेको नक्कली बन्दुक फेला पारेको’ प्रहरीले बताएको छ।
साथै एक १७ वर्षीय युवकलाई ‘क्लास बी’ लागूऔषध राखेको आशंकामा पक्राउ गरिएको र हिरासतमा लिइएको बताइएको छ। हिरासतमा अधिकारीहरूले ती युवकलाई सोधपुछ गर्ने बीबीसीले उल्लेख गरेको छ।
प्रकाशित: १५ बैशाख २०८२, सोमबार