‘स्याटेलाइट’ मार्फत कृषि क्षेत्र पहिचान गरिने

  • Technology Khabar | १४ बैशाख २०८२, आईतवार
‘स्याटेलाइट’ मार्फत कृषि क्षेत्र पहिचान गरिने
सांकेतिक

काठमाडौं ।

नेपाल मैदा उद्योग संघ र भारतको कृषि सूचना तथा परामर्श सेवाप्रदायक संस्था एमिवाचबिच सहकार्यका लागि सम्झौता भएको छ। सम्झौता अनुसार भूउपग्रह (स्याटेलाइट) प्रविधिको प्रयोग गरी नेपालको कृषि क्षेत्र पहिचान, विश्लेषण र परामर्श प्रदान गरिने छ। निजी क्षेत्रबाट पहिलो पटक यस्तो पहल भएको हो।

नेपाल मैदा उद्योग सङ्घको २४ औं वार्षिक साधारण सभाका अवसरमा शुक्रबार यस्तो सम्झौता भएको हो। एग्रिवानसँगको सहकार्यबाट नेपालले कृषि बजार मूल्य सङ्कलन, दैनिक, साप्ताहिक र मासिक बजार विश्लेषण जस्ता सेवा पाउने छ। यसबाट कृषक र व्यापारीलाई सही निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ।

कृषि बस्तुको उत्पादन, उपभोग, आयातनिर्यात विश्लेषण, बजार प्रवृत्तिको मूल्याङ्कन, बिउ, मल तथा अन्य कृषि निवेशसम्बन्धी अध्ययन र सल्लाह पनि उपलब्ध हुने छ।

डिजिटल कृषि समाधान अन्तर्गत एआईमा आधारित बालो विश्लेषण, व्यक्तिगत कृषि परामर्श तथा बजार जहान सेवा पनि उपलब्ध हुने छन्।
आजको गोरखापत्रबाट

प्रकाशित: १४ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १४ बैशाख २०८२, आईतवार