
काठमाडौं ।
ब्लूस्काईले अन्ततः आधिकारिक भेरिफिकेसन सिस्टम (प्रमाणीकरण प्रणाली) अपनाउने भएको छ। हालैको अपडेटमा, प्लेटफर्मले “अथेन्टिक एण्ड प्रोमिनियण्ट एकाउण्ट” (प्रामाणिक र प्रमुख खाताहरू) को लागि ब्लू भेरिफिकेसन ब्याज अपनाउने योजना बनाएको बताएको छ।
थप रूपमा, कम्पनीले केही “विश्वसनीय” संस्थाहरूलाई प्रयोगकर्ताहरू प्रमाणित गर्न पनि अनुमति दिने बताइएको छ।
यो निर्णयले अझै पनि विकासको क्रमा रहेको प्लेटफर्मको लागि महत्त्वपूर्ण परिवर्तनलाई संकेत गरेको उल्लेख छ जसले यस अघि सेन्ट्रलाइज्ड भेरिफिकेसन (केन्द्रीकृत प्रमाणीकरण) को विचारको प्रतिरोध गरेको थियो।
अहिलेसम्म, ब्लूस्काईले डोमेन–बेस्ड भेरिफिकेसन सिस्टम (डोमेनमा आधारित प्रमाणीकरण प्रणाली) प्रयोग गरिरहेको बताइएको छ। तर यो तवरले प्रायः अत्यधिक जटिल र इमपर्साेनेसन (मनोरञ्जन वा ठगीको उद्देश्यका लागि अर्को व्यक्ति भएको नाटक गर्ने कार्य) विरुद्ध पर्याप्त सुरक्षा प्रदान नगरेको भनि आलोचना गरिएको थियो।
ब्लूस्काईको लोकप्रियता बढ्दै जाँदा र प्रख्यात प्रयोगकर्ताहरूको बढ्दो संख्याले यसलाई सम्पर्क गरेको हुनाले यी आलोचनाहरू पनि बढेका छन्।
ब्लूस्काईले भने अझै पनि मानिसहरू र संस्थाहरूलाई कस्टम डोमेनहरू मार्फत भेरिफिकेसन (प्रमाणीकरण) प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ। साथै, प्रारम्भिक चरणमा, कम्पनीले भेरिफिकेसन (प्रमाणीकरण) को लागि प्रत्यक्ष आवेदनहरू स्वीकार नगर्ने घोषणा गरेको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १२ बैशाख २०८२, शुक्रबार