
काठमाडौं ।
एनभिडियाका सीईओ जेन्सेन हुआङले सोमबार जापानी प्रधानमन्त्री शिगेरु इशिबासँग भेटेर कृत्रिम बुद्धिमत्ताको आवश्यकता पूरा गर्न थप बिजुली उत्पादनको लागि जोड दिएका छन्।
रोबोटिक्स र औद्योगिक उत्पादनमा जापानको नेतृत्वलाई ध्यानमा राख्दै, एआईको विकास गर्नका लागि जापान कसरी विशेष रूपमा राम्रो स्थितिमा छ भन्ने बारेमा छलफल गरिएको थियो भनि हुआङले बैठक पछि पत्रकारहरूलाई बताएको विदेशी मिडियाले रिपोर्ट गरेको छ।
साथै बुद्धिमत्ता उत्पादन र सिर्जना गर्न ऊर्जा चाहिन्छ भन्ने बारेमा पनि उनले जोड दिएका छन्।
“यो देशलाई नयाँ पूर्वाधार निर्माण गर्न आवश्यक छ” हुआङले बताए। “सबै औद्योगिक विकासको लागि ऊर्जा आवश्यक छ” उनले उल्लेख गरे।
सञ्चारमाध्यमले औंल्याएझैं, स्रोत–कमजोर जापानले महँगो फोसिल फ्युल (जीवाश्म इन्धन)को आयात वृद्धिका साथै फुकुशिमा प्रकोप पछि बन्द गरिएका आणविक रिएक्टरहरू पुनः सुरु गर्ने चुनौतीहरूका बीच, डाटा सेन्टरहरूलाई बिजुली आपूर्ति गर्ने विचार गरिरहेको छ।
जापानले संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौताको वार्ताको एक भागको रूपमा अलास्कामा ४४ अर्ब डलरको तरल प्राकृतिक ग्यास परियोजनामा लगानी गर्ने विचार पनि गर्नेछ भनि जापानी प्रधानमन्त्री इशिबाले बताएको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १२ बैशाख २०८२, शुक्रबार