ईयू कानून उल्लङ्घन गरेकोमा एप्पललाई ५०० मिलियन युरो र मेटालाई २०० मिलियन युरो जरिवाना

  • Technology Khabar | ११ बैशाख २०८२, बिहीबार
ईयू कानून उल्लङ्घन गरेकोमा एप्पललाई ५०० मिलियन युरो र मेटालाई २०० मिलियन युरो जरिवाना

काठमाडौं ।

युरोपेली संघले बुधबार दुई ठूला अमेरिकी कम्पनीहरू एप्पललाई ५०० मिलियन युरो (५७० मिलियन अमेरिकी डलर) र मेटालाई २०० मिलियन युरो जरिवाना तोकेको छ।

युरोपेली संघको एन्टिट्रस्ट रेगुलेटर्स (नियामकहरू) ले बिग टेकको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ऐतिहासिक कानून अन्तर्गत पहिलो प्रतिबन्धहरू जारी गरेपछि यो कदम आएको हो भन्दै विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

तर युरोपेली संघ (ईयू) को जरिवानाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तनाव बढाउन सक्ने उल्लेख गरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कम्पनीहरूलाई दण्डित गर्ने देशहरूमा शुल्क लगाउने धम्की दिएका छन्।

कम्पनीहरूले डिजिटल बजार ऐनको पालना गरिरहेका छन् कि छैनन् भन्ने सम्बन्धमा युरोपेली आयोग, ईयूको कार्यकारीले गरेको एक वर्ष लामो अनुसन्धानपछि यी “प्रतिबन्धहरू” आएको हुन् भनि टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ११ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार