टिकटकमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा युवक पक्राउ

Technology Khabar ८ बैशाख २०८२, सोमबार

काठमाडौं ।

भिडियो शेयरिङ्ग प्लेटफर्म सञ्जाल टिकटकमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा कपिलवस्तुमा एक जना युवक पक्राउ परेका छन्।

प्रहरीले शुद्धोधन गाउँपालिका वडा नम्बर ६ महादेवका २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरेको हो।

उनले आफ्नो टिकटक एकाउन्टमा पेस्तोलसहितको हातहतियार प्रदर्शन गरेको भिडियो पोस्ट गरेको प्रहरीको भनाई छ। यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा पोष्ट गरेको उल्लेख छ।

यादवलाई मायादेवी गाउँपालिका-१ पकडी स्थित मायादेवी होटलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रकाशित: ८ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया