फिसिङ लिङ्क पठाई ईसेवाको १ करोड रूपैयाँ चोरी गरेको अभियोगमा २२ वर्षे युवा पक्राउ

Technology Khabar ३ बैशाख २०८२, बुधबार

फिसिङ लिङ्क पठाई ईसेवाको १ करोड रूपैयाँ चोरी गरेको अभियोगमा २२ वर्षे युवा पक्राउ
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

ईसेवाको रकम चोरी गरेको आरोपमा नेपाल प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका २२ वर्षीय राहुल बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

बुढाले विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत फिसिङ लिङ्क पठाई खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिङ्क खोल्न लगाई ईसेवामा अनाधिकृत पहुँच पुर्याएका थिए।

चार हजार भन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रा.लि. को खाताहरूमा १ करोड २ लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कालिमाटीबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया