ताजा समाचार

ब्रोडब्याण्ड सेवा सञ्चालनको अवस्था बारेमा जानकारी उपलब्ध गराउन स्थानीय तहलाई प्राधिकरणको आग्रह

ब्रोडब्याण्ड सेवा सञ्चालनको अवस्था बारेमा जानकारी उपलब्ध गराउन स्थानीय तहलाई प्राधिकरणको आग्रह
Global IME Bank

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालन गरिएको परियोजनाहरूबाट ब्रोडब्याण्ड सेवा जडान भएका स्थानीय तहको कार्यपालिकाको कार्यालयहरू र वडा कार्यालयहरूलाई आफ्ना क्षेत्रमा “ब्रोडब्याण्ड सेवा सञ्चालनमा रहे/नरहेको” सम्बन्धमा जानकारी पठाउन निर्देशन दिएको छ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी यस परियोजना अन्तर्गत तोकिएको दुई वर्षको सेवा अवधि सकिएको जानकारी गराउँदै सेवा निरन्तरता भए/नभएको तथा उक्त परियोजना कार्यान्वयनका क्रममा संघीय संरचनामा भएको परिवर्तन समेतका कारण छुट हुन गएका स्थानीय तहको कार्यपालिकाको कार्यालयहरू र वडा कार्यालयहरूबाट हालको ब्रोडब्याण्ड सेवा सञ्चालनको अवस्थाको बारेमा विवरण पठाउन निर्देशन दिएको हो।

उपलब्ध गराउनुपर्ने विवरणहरू

क्र सं नगरपालिका/  गाउँपालिका नगरपालिका कार्यालय /
गाउँपालिका कार्यालय /
वडा कार्यालय / वडा नं.
बोडब्याण्ड सेवा सञ्चालनमा रहे / नरहेको ब्रोडब्याण्ड सेवा सञ्चालनमा रहेको भएमा कुन सेवा प्रदायक मार्फत
सेवा सञ्चालनमा रहेको (प्रविधि समेत)
वैकल्पिक ब्रोडब्याण्ड छनोटको अवस्था प्राधिकरण सोतबाट ब्रोडब्याण्ड  सेवा उपलब्ध भए/नभएको कैफियत

यी विवरणहरु प्रथम पटक सूचना प्रकाशित मितिबाट १५ कार्य दिनभित्र उपलब्ध गराउन पनि सबै स्थानीय तहहरूलाई सूचना मार्फत सुझाइएको छ।

* हेडलाइन सच्याईएको।

Sajilo Visa
easy care