टिकटकले शुरु गर्यो कलाकारहरूको लागि नयाँ प्लेटफर्म ‘टिकटक फर आर्टिस्ट्स’

  • Technology Khabar | २८ चैत्र २०८१, बिहीबार
टिकटकले शुरु गर्यो कलाकारहरूको लागि नयाँ प्लेटफर्म ‘टिकटक फर आर्टिस्ट्स’

काठमाडौं ।

टिकटकले ‘टिकटक फर आर्टिस्ट्स’ नामक नयाँ प्लेटफर्म सुरु गरेको छ। यसले कलाकारहरूलाई आफ्नो करियर बनाउन सहयोग पुर्याउने उद्देश्य राख्दछ। यस प्लेटफर्मले कलाकारहरूलाई आफ्ना गीतहरूको प्रचार गर्न र आफ्नो श्रोतासँग अझ राम्रोसँग संलग्न हुने उपकरणहरू प्रदान गर्दछ।

यो प्लेटफर्मले कलाकारलाई विभिन्न अभियानहरू सञ्चालन गर्न मद्दत गर्दछ, जसमा उनीहरू आफ्नो आगामी कामहरूको प्रचार गर्न सक्छन्। कलाकारहरूले आफ्ना गीतहरूको प्रि–अर्डर प्रचार गर्न र सामाजिक मिडिया प्लेटफर्महरूमा आफनो उपस्थितिलाई बलियो बनाउन अभियानहरू चलाउन सक्छन्। यसमा, कलाकारहरूले आफ्नो पोस्ट र गीतहरूको प्रदर्शन कस्तो भइरहेको छ भन्ने डाटा पनि प्राप्त गर्नेछन्, जसले उनीहरूलाई आफ्ना प्रयासहरू सुधार्न मद्दत गर्नेछ।

हाल यो प्लेटफर्म अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान, दक्षिण कोरिया र इन्डोनेशियामा परीक्षणको अवस्थामा छ। टिकटकले भविष्यमा यसलाई थप बजारहरूमा उपलब्ध गराउने योजना बनाएको छ। यसलाई विश्वभरका कलाकारहरूका लागि उपलब्ध गराउने तयारी गरिरहेको छ।-रासस/क्यूएनए

प्रकाशित: २८ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार