दक्षिण अफ्रिकाले परामर्शको लागि सार्वजनिक गर्यो स्पेक्ट्रम योजनाको मस्यौदा

  • Technology Khabar | २७ चैत्र २०८१, बुधबार
दक्षिण अफ्रिकाले परामर्शको लागि सार्वजनिक गर्यो स्पेक्ट्रम योजनाको मस्यौदा

काठमाडौं ।

दक्षिण अफ्रिकाले सार्वजनिक परामर्शको लागि स्पेक्ट्रम योजनाको मस्यौदा प्रकाशित गरेको छ।

दक्षिण अफ्रिकाको स्वतन्त्र सञ्चार प्राधिकरण (आईसीएएसए) ले सार्वजनिक परामर्शको लागि राष्ट्रिय रेडियो फ्रिक्वेन्सी योजना (एनआरएफपी) २०२५ को मस्यौदा प्रकाशित गरेको छ।

यो योजनाले रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रम र कक्षीय स्रोतहरूको कुशल र प्रभावकारी प्रयोग सुनिश्चित गर्न ८.३ किलोहर्ज देखि ३००० गीगाहर्जसम्मको फ्रिक्वेन्सी दायरा भित्र रेडियो सञ्चार सेवाहरूको बितरणको रूपरेखा प्रस्तुत गर्दछ।

एनआरएफपीको मस्यौदा अद्यावधिक र संशोधनले २०२३ को विश्व रेडियो सञ्चार सम्मेलन (WRC-२३) द्वारा लिइएका निर्णयहरूलाई समेत समावेश गरेको बताईएको छ।

आईसीएएसएको मस्यौदाले सिक्सजी, स्याटेलाइट कनेक्सन, र आर्थिक समावेशीकरणलाई समर्थन गर्न स्पेक्ट्रम बितरणहरूको अद्यावधिक गरेको हो।

प्रकाशित: २७ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...