वालमार्ट टिकटक किन्ने विचारमा

  • Technology Khabar | २४ चैत्र २०८१, आईतवार
वालमार्ट टिकटक किन्ने विचारमा

काठमाडौं ।

वालमार्टले टिकटक किन्नको लागि केही लगानीकर्ताहरूसँग साझेदारी गर्न खोजिरहेको यस सम्झौतासँग परिचित स्रोतहरूले बताएको छ। त्यसैगरी सन् २०२० मा, वालमार्टले टिकटक किन्नको लागि माइक्रोसफ्टसँग साझेदारी गर्ने बताएको थियो।

रिटेल जायन्टलाई तिनीहरूको ई–कमर्स व्यवसाय बुस्ट गर्नको लागि एपले सहयोग पुर्याउने छ भनि विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अनिवार्य बिक्रीको लागि थप ७५ दिनको लागि समयसीमा बढाएपछि यस बारमो थाहा हुन आएको बताइएको छ। त्यसका साथै अमेजन, ओरेकल र एप्लोभिनसहित टिकटक किन्न इच्छुक धेरै लगानीकर्ताहरू भएको स्रोतले उल्लेख गरेको छ।

सम्झौतासँग नजिक रहेको यो स्रोतका अनुसार वयस्क वेबसाइट ओन्लीफ्यान्सका संस्थापक टिम स्टोकलीले पनि टिकटकको लागि प्रस्ताव पेस गरेको  टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २४ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार