टाटा मोटर्सको सर्भिस क्याम्प विश्वभर ४६ देशमा संचालन, नेपालमा ३८ स्थानमा आयोजना

Technology Khabar १३ मंसिर २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले ग्लोबल सर्भिस क्याम्प यही मंसिर १२ देखि १४ गतेसम्म संचालनमा ल्याएको छ ।

टाटा मोटर्स कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा र सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले सो कार्यक्रमको संयुक्तरुपमा उदघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै टाटा मोटर्स् कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्राले विगतमा जस्तै यस वर्ष पनि ४६ देशहरु भन्दा उत्कृष्ट प्रदर्शनको लागि सिप्रदीलाई शुभकामना दिए ।

समारोहमा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष जबराले लामो यात्राको श्रेय सबै ग्राहकहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता रहेको बताए।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको सो ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४६ राष्ट्रसहित नेपालका बिभिन्न ३८ स्थानहरुमा आयोजित गरिएको छ ।

प्रकाशित: १३ मंसिर २०७५, बिहीबार

तपाइको प्रतिक्रिया