ताजा समाचार

सामाजिक सञ्जालले विकृति बढ्यो:मन्त्री लेखी

सामाजिक सञ्जालले विकृति बढ्यो:मन्त्री लेखी
फाइल तस्बिर
Global IME Bank

मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या बढेसँगै गलत फोटो तथा भ्रामक कुरा राख्ने प्रवृत्तिले सामाजिक विकृति बढेको बताएका छन्।

बाराको कलैयामा बुधबार आयोजित पत्रकार आचारसंहिता पालनासम्बन्धी कार्यक्रममा उनले सामाजिक सन्जालको बढ्दो दुरुपयोगका कारण पत्रकार पनि अपहेलनाको सिकार हुन पुगेको बताए।

मधेश प्रदेशको मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले कसैको दबाबमा नबसेर समाचार प्रसारण भएमा त्यस्तो समाचारलाई पत्रकार आचारसंहिता पालना ठानिने स्पष्ट पारे।

उनले मिडिया काउन्सिलमा बजेट अभाव रहेको तथा सञ्चार गृह चलाउन समस्या हुँदै आइरहेकाले उनीहरूको हकहितका लागि १० दिनभित्र नयाँ समिति निर्माण गर्न लागेको जानकारी दिए। तीनै तहका पदाधिकारीले जनतालाई सेवा दिनुभन्दा आफ्नै पक्षमा कानुन बनाएर निजी स्वार्थमा लागेको र सोही अनुसार बजेट विनियोजन गर्दै आइरहेको उनले आरोप लगाए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेशकुमार कर्णले सामाजिक सञ्जाल र पत्रकारबिचको भिन्नता समाजले नबुझेका कारण त्यसबाट जोगिन पत्रकारले आचारसंहिता पालना गर्दै त्यसको दायराभित्रमा बसेर समाज परिवर्तनतर्फ कलम चलाउने पहिलो दायित्व रहेको बताए। यसैगरी नेपाल पत्रकार महासङ्का प्रदेश अध्यक्ष श्याम बन्जाराले जिल्लामा छापा मिडिया र अनलाइनको सङ्ख्या बढ्दै गएको बताए।

Sajilo Visa
easy care