ताजा समाचार

चीनले नयाँ सञ्चार प्रविधि परीक्षण भूउपग्रह प्रक्षेपण गर्यो

चीनले नयाँ सञ्चार प्रविधि परीक्षण भूउपग्रह प्रक्षेपण गर्यो
Global IME Bank

चीनले आइतबार बिहान दक्षिणी टापु प्रान्त हेनानको तटमा रहेको वेनचाङ अन्तरिक्ष प्रक्षेपण स्थलबाट योजनाबद्ध कक्षमा नयाँ सञ्चार प्रविधि परीक्षण भूउपग्रह पठाएको छ।

भूउपग्रहलाई बिहान १२:०५ बजे (बेइजिङ समय) लङ मार्च-७ए रकेटद्वारा प्रक्षेपण गरिएको थियो। यो मुख्यतया बहु-ब्यान्ड र उच्च-गति सञ्चार प्रविधि प्रमाणीकरणको लागि प्रयोग गरिने बताईएको छ।

यो प्रक्षेपण लङ मार्च वाहक रकेट शृङ्खलाको ५६६ औं मिसन थियो। सिन्ह्वा

Sajilo Visa
easy care