ल्यापटप र नोटबुकको आयात बढ्दो, एकै महिनामा भित्रिए ६८ करोड माथिका १० हजार थान

Technology Khabar २० चैत्र २०८१, बुधबार

ल्यापटप र नोटबुकको आयात बढ्दो, एकै महिनामा भित्रिए ६८ करोड माथिका १० हजार थान
सांकेतिक तस्बिर

काठमाडौं ।

आर्थिक वर्ष २०८१/८२ को आठौं महिना फागुनमा ल्यापटप तथा नोटबुक आयातमा उल्लेख्य बढोत्तरी  भएको छ।

हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा विभिन्न ३३ देश र एउटा नाम नखुलेको स्थानबाट ५ अर्ब ८७ करोड  १५ लाख ६१ हजार रुपैयाँ बराबरका जम्मा ८५ हजार ७२० थान ल्यापटप तथा नोटबुकहरु आयात भएको पाइएको छ।

तथ्याङ्कअनुसार ल्यापटप तथा नोटबुक आयातको आँकडा माघ मसान्त ७५ हजार ७३९ रहेकोमा फागुन मसान्तसम्म आइपुग्दा ९ हजार ९८१ ले बढेर ८५ हजार ७२० मा पुगेको हो। रकमका हिसाबले माघ मसान्तदेखि फागुन मसान्तसम्मको एक महिनामा ६८ करोड ३७ लाख १६ हजार बढेर माघसम्मको ५ अर्ब १८ करोड ७८ लाख ४५ हजारबाट फागुन मसान्तसम्म ५ अर्ब ८७ करोड १५ लाख ६१ हजार पुगेको देखिन्छ।

फागुन महिनासम्मको समग्र नोटबुक तथा ल्यापटप आयातबापत् सरकारले १ अर्ब ११ करोड ९० लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

सबैभन्दा धेरै ८२ हजार ४० थान चीनबाट आयात

यो आर्थिक वर्षको फागुन मसान्तसम्म चीनबाट सबैभन्दा धेरै अर्थात् ८२ हजार ४० थान ल्यापटप तथा नोटबुक डिभाइसहरु आयात भएको पाइएको छ।

यस्तो छ विवरण:

तीन अंकसम्मको

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
चीन८२०४०५६०३६३३
भारत१८५१४५७८
मलेशिया१६०३१०६५६४
सिंगापुर८९९३५२
यूएई४६९३६००९
नाम नखुलेको स्थान१०१६५८८
अमेरिका३३६२५३७०
भियतनाम२४४२४७२२
अस्ट्रेलिया१२१८०९२

 

दुई अंकसम्मको

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
ताइवान८९९३५२
इण्डोनेसिया४२३७१४
हङकङ३७२६१७
डेनमार्क३२२११२
बेलायत२४१०४७
कतार१३६४८
क्रिसमश आइल्याण्ड३०३४४१
कुवेत११२८४
जापान३२२११५

 

 

प्रकाशित: २० चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया