
काठमाडौं ।
टेस्ला र एनभिडियाजस्ता अमेरिकी प्रविधि कम्पनीहरू ह्युमनोडड रोबोट (मानव रोबोट)हरूको भविष्यको अर्थतन्त्रमा महत्त्वमा केन्द्रित हुँदै मानव रोबोट विकासमा दौडिरहँदा तिनीहरू पहिले नै चीनसँग प्रतिस्पर्धामा पछाडि पर्न सक्ने अमेरिकी विश्लेषकहरूले चेतावनी दिएका छन्।
कृत्रिम बुद्धिमत्तामा आधारित मेसिनहरू जडित मानव रोबोटहरू छन् मानिकको रूपमा देखिन र हिँड्न सक्नेगरी डिजाइन गरिएका छन्। यस्ता रोबोटहरु उद्योग र सेवा क्षेत्रमा काम गर्ने साथै विभिन्न कार्यक्षेत्रमा प्रयोग हुने अपेक्षा गरिएको छ।
सीएनबीसीका अनुसार विशेष गरी प्रविधि उद्योगको अग्रणी एनभिडियाका जेन्सन हुआङको बढ्दो उल्लेखका कारण रोबोटहरू प्रति लगानीकर्ताको चासो बढिरहेको छ। हुआङले यो महिनाको सुरुमा मानव रोबोट विकासका लागि नयाँ प्रविधिहरूको पोर्टफोलियो घोषणा गर्दा “सामान्य रोबोटिक्सको युग” सुरु भएको घोषणा गरेका थिए।
रोबोटहरूको निर्माणमा, टेस्लाको मानव रोबोट परियोजना अप्टिमस अमेरिकामा अगाडि बढिरहेको देखिन्छ। सीईओ ईलन मस्कले यो वर्ष करिब ५,००० युनिट यस्ता मानव रोबोट उत्पादन गर्ने योजनाको घोषणा गरेका छन्।
हाल मस्कको महत्वाकांक्षी योजनाले एपट्रोनिक र बोस्टन डाइनामिक्सजस्ता अमेरिकी प्रतिस्पर्धीहरूलाई चुनौती दिने सम्भावना रहेको छ, जुन अझै ठूलो बजारमा प्रवेश गर्न सकेका छैनन्। तर मस्कलाई चिनियाँ प्रतिस्पर्धाबाट कडा चुनौती सामना गर्नुपर्नेछ।
स्थानीय मिडियाका अनुसार हाङजोमा आधारित युनिट्री रोबोटिक्सले गत महिना ई-कमर्स प्लेटफर्म जेडी डटकममा उपभोक्ताहरूलाई दुई मानव रोबोटहरू बिक्री गरेको थियो। त्यस्तै, झियुआन रोबोटिक्सका नामले चिनिने शांघाईस्थित रोबोटिक्स स्टार्टअप एजिबोटले अप्टिमसको लक्ष्य बराबर यो वर्ष ५,००० रोबोट उत्पादन गर्ने लक्ष्य राखेको साउथ चाइन मर्निङ पोस्टले जनाएको छ।
बीवाईडीजस्ता चिनियाँ विद्युतीय सवारी कम्पनीहरूले टेस्लाको वृद्धिलाई पछाडि पार्न थालेपछि उसले यसको मूल्यहरूलाई घटाउँदै गएको दृष्टान्त दिँदै मानव रोबोटिक्समा पनि यस्तै गतिशीलता देख्न सकिने विशेषज्ञहरूको भनाई छ।
“चिनियाँ कम्पनीहरूले विद्युतीय सवारी उद्योगमा समस्या निम्त्याउने खालको प्रभावको पुनरावृत्ति गर्न सक्ने क्षमता राख्छन् र यसपटकको यो समस्या निम्त्याई सम्भवत: श्रमिक शक्तिलाई नै रूपान्तरण गर्दै एकल उद्योगभन्दा पर जान सक्नेछ’, सेमीएनालाइसिसका विश्लेषक रेइक कुन्टसेनले भने।
प्रतिस्पर्धाका मुख्य खेलाडी को?
फेब्रुअरी महिनामा गरेको एक अनुसन्धान नोटमा मोर्गन स्ट्यानलीले फरक फरक कन्फिगरेसन र डाउनस्ट्रीम आवेदन आवश्यकताका आधारमा मानव रोबोटहरूको निर्माण लागत अहिले १०,००० देखि ३,००,००० डलर प्रति युनिटको बीचमा हुन सक्ने अनुमान गरेको सीएनबीसीले उल्लेख गरेको छ।
तर क्नुटसेनका अनुसार चिनियाँ कम्पनीहरूले अमेरिकी प्रतिस्पर्धीहरूलाई मूल्यको हिसाबले पछाडि पार्दै छन् जसका कारण चीनका कम्पनीहरूको आकार र निर्माण क्षमतामा ठूलो फाइदा छ।
उदाहरणका लागि, युनिट्री रोबोटिक्सले मे महिनामा जी१ मानव रोबोट उपभोक्ताहरूको लागि १६ हजार डलरको प्रारम्भिक मूल्यमा रिलिज गरेको थियो। यसको तुलनामा, मोर्गन स्ट्यानली टेस्लाको अप्टिमस जेन२ मानव रोबोटको बिक्री लागत लगभग २० हजार डलर हुन सक्नेअनुमान गरेको छ।
तर यो पनि यदि कम्पनीले यसको उत्पादन स्केल गर्न सक्छ, अनुसन्धान र विकास चक्र छोट्याउन सक्छ र चीनबाट लागत प्रभावी घटकहरू प्रयोग गर्न सकेमा मात्र सम्भव हुने उल्लेख छ।
शाओमीजस्ता ठूला कम्पनी र बीवाईडी, चेरी र एक्सपेङजस्ता ईभी निर्माता कम्पनीहरू पनि मानव रोबोट क्षेत्रमा संलग्न छन्।
“चीनले मानव रोबोटिक्स क्षेत्रमा सबैभन्दा प्रभावशाली प्रगति देखाइरहेको छ, जहाँ स्टार्टअपहरूले स्थापित आपूर्ति श्रृंखलाहरू, स्थानीय अपनाउने अवसरहरू, र राष्ट्रिय सरकारको बलियो समर्थन प्राप्त गर्दैछन् भन्ने हाम्रो अनुसन्धानले जनाउँछ,” नोटमा भनिएको छ।
पेकिङले यस क्षेत्रलाई बढ्दो समर्थन दिइरहेको छ भने सरकारका विभागहरूले यसको विकासलाई प्रवर्द्धन गरिरहेका छन्। २०२३ मा, उद्योग र सूचना प्रविधि मन्त्रालयले यस क्षेत्रका लागि निर्देशन जारी गर्दै २०२५ सम्म “उत्पादनको स्तरमा वृद्धि” को आह्वान गरेको थियो।
मस्कले २०२५ सम्म टेस्लामा १,००० वा केही हजार अप्टिमस रोबोटहरू कार्यरत हुने भविष्यवाणी गरेका छन्। चिनियाँ सरकारी मिडियाका अनुसार बीवाईडी र गीलीजस्ता ईभी निर्माता कम्पनीहरूले युनिट्रीका केही मानव रोबोटहरू आफ्ना कारखानाहरूमा तैनाथ गरिसकेका छन्।
प्रकाशित: १७ चैत्र २०८१, आईतवार