एसइई दिएका विद्यार्थीहरुलाई तीन महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम दिइने

  • Technology Khabar | १४ चैत्र २०८१, बिहीबार
एसइई दिएका विद्यार्थीहरुलाई तीन महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम दिइने

काठमाडौं ।

गोरखाको बार पाक सुलिकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका बिद्यार्थीहरुलाई तीन महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने भएको छ।

गाउँपालिकाले पालिकाभित्रका एसइई सकिएपछि विद्यार्थीका लागि निःशुल्क आधारभूत कम्प्युटर तालिम सञ्चालन गर्न लागेको हो।

पालिकाले आर्थिक वर्ष २०८१/०८२ को एसइई दिएका बिधार्थीहरुलाई खेर जाने समयको सदुपयोग गर्दै कम्प्युटर शिक्षा प्रदान गर्नका लागि तीन महिने आधारभूत कम्प्युटर तालिम सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

गाउँपालिकाले पालिकाभित्र अध्ययनरत सबै विद्यार्थीलाई प्राविधिक क्षेत्रको बारेमा दक्ष बनाउँदै उनीहरूको क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क कम्प्युटर तालिम सञ्चालन गर्न लागेको उनको भनाई छ।

एसइईपछि नतिजा नआउँदासम्मको विद्यार्थीहरुको खाली समयमा खेर फाल्न दिनुहुँदैन भन्ने उद्देश्यका साथ तालिम सञ्चालन गर्न लागिएको हो।

प्रकाशित: १४ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार