Technology Khabar १४ चैत्र २०८१, बिहीबार
काठमाडौं ।
एप्पलले आफ्नो वार्षिक वल्र्डवाइड डेभलपर कन्फ्रेन्स (विश्वव्यापी विकासकर्ता सम्मेलन) जुन महिनाको ९ देखि १३ तारिखसम्म हुने घोषणा गरेको छ। यस कार्यक्रममा विकासकर्ताहरूको अनलाइन सत्रहरूका साथै मुख्य भाषण जुनको ९ तारिखमा एप्पल पार्कमा हुने बताइएको छ।
उक्त मुख्य भाषणको क्रममा, एप्पलले आफ्ना अर्को पुस्ताको प्रमुख सफ्टवेयर प्लेटफर्महरू, आईओएस, आईप्याडओएस, र म्याकओएस घोषणा गर्ने अपेक्षा गरिएको छ। यी प्लेटफर्महरूको लागि ग्लासी इलिमेन्टहरूका साथ थप पारदर्शी, भिजनओएस–जस्तो डिजाइनमा स्विच गर्नु यस वर्षको लागि नयाँ कार्य हुने बताइएको छ।
त्यसैगरी डब्ल्यूडब्ल्यूडीसीको लोगोमा यसको संकेत देख्न सकिने बताइएको छ जसमा ‘पारदर्शी २५’ समावेश गरिएको उल्लेख छ। यो आईओएस ७ पछि यी प्लेटफर्महरूको लागि सबैभन्दा महत्त्वपूर्ण पुनः डिजाइन हुनेछ भनि उल्लेख गरिएको छ।
कीनोट (मुख्य भाषण) बाहेक, एप्पलसँग विकासकर्ताहरूको लागि एप्पल विशेषज्ञहरूलाई ‘वान–अन– वान’ र ‘ग्रुप ल्याब सेसन’ (सत्र) हरूमा भेट्न र विशेष गतिविधिहरूमा भाग लिनको लागि सामान्य व्यक्तिगत अनुभव पनि हुनेछ।
कार्यक्रममा भाग लिन चाहने विकासकर्ताहरूलाई सीमित मात्रामा टिकटहरू बिक्री गरिने बताइएको छ। त्यसका साथै पाँच दिनको अवधिमा निःशुल्क अनलाइन सत्रहरू पनि उपलब्ध हुनेछन् भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १४ चैत्र २०८१, बिहीबार