डिजिटल डिस्प्लेमा प्रधानमन्त्रीकाे बारे गलत देखाएकाे भन्दै भरतपुर विद्युतका हाकिम माथि आक्रामण

Technology Khabar १२ चैत्र २०८१, मंगलवार

काठमाडौं ।

कार्यालयको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा आपत्तिजनक शब्द राखिएको भन्दै नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ र उनको कार्यकक्षमा आक्रमण भएको छ।

यसअघि, केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द लेखिएको तस्बिर सामाजिक सञ्जालहरुमा भाईरल भएको थियो।

सोही विषयमा अज्ञात समुहले केन्द्र प्रमुख श्रेष्ठलाई आज बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो ।

सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकै दिन प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको हो।

उक्त आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन् । १३–१४ जनाको समूहले प्रमुख श्रेष्ठ माथि आक्रमण गरेको बताईएको छ।

यसैबीच, कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गरि घटनाको विरोध गरेका छन्।

प्रकाशित: १२ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया