गुगल म्याप्सबाट कुन डाटा मेटाइएको थियो भन्ने कुराको खुलासा 

Technology Khabar १३ चैत्र २०८१, बुधबार

काठमाडौं ।

यस महिनाको सुरुमा गुगल म्याप्स प्रयोगकर्ताहरूले तिनीहरूको आफ्नो टाइमलाइन डाटा हराउँदै गएको रिपोर्ट गरेका थिए।

गुगल म्याप्स प्रयोगकर्ताहरूले आफ्नो टाइमलाइन मेटाइएको र उनीहरूले भ्रमण गरेका ठाउँहरूमा पहुँच गर्न नसकेको भन्ने रिपोर्ट गरेको केही हप्ता पछि गुगलले अब केही प्रयोगकर्ताहरूको डाटा डिलिट गरिएको (मेटाइएको) र केही अवस्थामा रिकभर (पुनः प्राप्त) गर्न नसकिने पुष्टि गरेको छ।

द भर्ज लाई दिएको एक विज्ञप्तिमा, गुगलका प्रवक्ताले भनेः “हामीले केही समयका लागि प्राविधिक समस्याहरू अनुभव गर्यौं जसले गर्दा केही प्रयोगकर्ताहरूको टाइमलाइन डाटा डिलिट भएको थियो। ब्याकअप अप्सन सक्षम भएका प्रयोगकर्ताहरूले मात्र आफ्नो टाइमलाइन डाटा रिकभर (पुनः प्राप्त) गर्न सक्ने छन्।”

गुगलले हालै डिभाइसमा टाइमलाइन डाटा स्टोरिङ्ग (भण्डारण) गर्न स्विच गरेको र ब्याकअप अप्सन (विकल्प) भने डिफल्ट (पूर्वनिर्धारित) रूपमा सक्षम नगरिएको बताइएको छ। अप्ट इन गर्नको लागि प्रयोगकर्ताले म्याप्स एपको टाइमलाइनमा जानुपर्नेछ र क्लाउड आइकन अन्तर्गत सेटिङहरू अपडेट गर्नुपर्नेछ।

माथि उल्लिखित प्रक्रियाले गर्दा केही प्रयोगकर्ताहरूले भने गाइडहरूमा सेभ गरेको आफ्नो ट्रानज्याक्सन हिस्ट्रि डाटा गुमाउन पुगेको र जुन उनीहरूले अब रिकभर (पुनः प्राप्त) गर्न नसक्ने टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १३ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया