
काठमाडौं ।
काठमाडौं । नेपालको लागि हुन्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले डिजिटल क्याम्पियन हुण्डाई प्रिसियस मोमेन्ट (Hyundai Precious Moment) को बिजेता घोषणा गरेको छ ।
हुण्डाई शोरुम थापाथलीमा आयोजित कार्यक्रममा लक्की ड्रमार्फत, तारिक मानान्धर , सुधिर एस जे बी राणा र अमित बनमालालाई बिजेता घोषणा गरिएको छ ।
प्रतियोगिता अन्तर्गत तारिक मानान्धरले प्रथम पुरस्कारमा एक जोडिको लागि २ रात ३ दिनको कसारा रिसोर्ट, चितवनमा बसाई जितेका छन भने दोस्रो पुरस्कारमा सुधिर एस जे बी राणाले कुलप्याड कुल १ र अमित बनमालाले तेस्रो पुरस्कारमा कुलप्याड मेगा २.५ डी जितेको कम्पनीले जानकारी दिएको छ ।
हुण्डाई प्रिसियस मोमेन्ट प्रतियोगिता १४ अक्टोवर देखि १६ नोभेम्वर, २०१८ सम्म आयोजना गरिएको थियो । हुण्डाई प्रिसियस मोमेन्ट प्रतियोगितामा ५०० सहभागिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: ७ मंसिर २०७५, शुक्रबार