ताजा समाचार

‘कृषि उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैन’

‘कृषि उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैन’
Global IME Bank

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताएका छन्।

नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको नवौँ वार्षिक साधारणसभामा आज यहाँ उनले कृषिलाई यान्त्रीकरण गर्दै जानुपर्ने आवश्यकता भए पनि यस्ता उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताए। मन्त्री अधिकारीले किसानले महङ्गोमा किनेका उपकरण बर्सेनि मर्मतकै लागि धेरै खर्च गर्नु परिरहेको भन्दै यस्तो अवस्था अन्त्य हुनपर्नेमा जोड दिए।

“कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको छ। यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्न आवश्यक छ । त्यो अवस्था नबन्दासम्म किसानले पनि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर मात्रै खरिद गर्न आवश्यक छ”, उनको भनाइ थियो।

मन्त्री अधिकारीले उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषिप्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै सरकारअघि बडिरहेको सुनाए।

आधुनिक कृषियन्त्र तथा उपकरणमा अनुदानका कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि भएको उल्लेख गर्दै उनले यसलाई अझ प्रभावकारी बनाउन सरोकार भएका पक्षसँग सहकार्य गर्न सरकार तयार रहेको बताए। रासस

Sajilo Visa
easy care