
काठमाडौं ।
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँशोरुम न्यु एसडिएस इन्टरप्राइजेज जीतपुर (बारा) र गुप्ता अटोमोबाईल्स गौरमा संचालनमा ल्याएको छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने छ । एचएच बजाजले कँहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको जानकारी दिएको छ ।
नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।
प्रकाशित: ६ मंसिर २०७५, बिहीबार