Technology Khabar ५ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
रियलमी पी३ ले भारतमा आधिकारिक डेब्यू गरेको छ। यो स्न्यापड्रागन ६ जेन ४ चिपसेट, ठूलो ब्याट्री र कुलिङ (चिसो पार्न) को लागि “खण्डको सबैभन्दा ठूलो” भेपर चेम्बरको साथ आउँछ।
भारतमा रियलमी पी३ चीनमा बेचिएको रियलमी नियो७x जस्तै भएको र जसमा मेका डिजाइनको साथ हिरो कलर स्पेस सिल्भर भएको बताइएको छ।
रियलमी पी३ मा रहेको ६.६७ इन्चको एएमओएलईडी डिस्प्लेमा फुल एचडी प्लस रेजोल्युसन र १२० हर्ज सम्मको रिफ्रेस रेट उपलब्ध छ। यसले २००० निट्सको पीक ब्राइटनेस र १,५०० हर्जको इन्स्ट्यान्ट टच स्याम्पलिङ रेट प्राप्त गरेको छ। फोनले बीजीएमआई (ब्याटलग्राउन्ड्स मोबाइल इन्डिया) मा ९० हर्जलाई समर्थन गर्दछ जसको चिनियाँ स्वामित्वमा रहेको पब्जीको घरेलु विकल्प भएको बताइएको छ।
एक्टिभ मोबाइल गेमिङका लागि इफिसियन्ट कूलिङ सलुसन चाहिने बताइएको छ। त्यसैले यो मिडरेन्जर फोनमा ६,०५० वर्ग एमएम भेपर चेम्बरको रहेको छ जसले सीपीयूको तापक्रम २० डिग्री सेल्सियसले घटाउने उल्लेख गरिएको छ।
रियलमी पी३ मा एफ/१.८ एपर्चर र एलईडी फ्ल्यासको साथ ५० मेगापिक्सेलको मुख्य शूटर समावेश गरिएको छ भने सेकेन्डरी क्यामरतर्फ आधारभूत २ मेगापिक्सेलको पोट्र्रेट लेन्स छ। साथै सेल्फी क्यामरामा १६ मेगापिक्सेलको सेन्सर रहेको छ।
रियलमी पी३ को ब्याट्री क्षमता ६,००० एमएएच रहेको छ। यो डिभाइस आफैंमा ८ एमएम भन्दा कम मोटाईको भएको हुनाले यो ब्याट्री क्षमता एकदमै प्रभावशाली छ भने यति पातलो प्रोफाइलमा यति धेरै क्षमता भएका थोरै रियलमी फोनहरू मात्र उपलब्ध रहेको उल्लेख गरिएको छ। त्यर्सैगरी डिभाइसले ४५वाट वायर्ड चार्जिङलाई समर्थन गर्छ।
फोन रियलमी यूई ६.० सहित एन्ड्रोइड १५ सँग आउने बताइएको छ र अन्य हाइलाइटहरूमा अन्डर–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, एनएफसी र स्टेरियो स्पिकरहरू समावेश रहेका छन्। यो डिभाइस २.५ मिटर र ३० मिनेटसम्म पानीमा डुब्नको लागि आईपी६९–रेट गरिएको छ।
रियलमी पी३ स्पेस सिल्भर, नेबुला पिंक र कमेट ग्रे (खैरो) रङ्ग गरी तीन रङ्गहरूमा आङ्गको उल्लेख छ। रियलमी पी३ को ६/१२८ जीबीको लागि १६,९९९ भारतीय रुपैयाँ, ८/१२८ जीबीको लागि १७,९९९ भारतीय रुपैयाँ र ८/२५६ जीबीको लागि १९,९९९ भारतीय रुपैयाँ मूल्य रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ५ चैत्र २०८१, मंगलवार