नेपालमा नयाँ एमजी एस ५ इभी सार्वजनिक, सुरुवाती बजार मूल्य ४३.९९ लाख रुपैयाँ

  • Technology Khabar | २५ फाल्गुन २०८१, आईतवार
नेपालमा नयाँ एमजी एस ५ इभी सार्वजनिक, सुरुवाती बजार मूल्य ४३.९९ लाख रुपैयाँ

काठमाडौं ।

नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतिक्षित एमजी एस ५ ईभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ। जसले विद्युतीय सवारी साधन (इभी) सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ। लोकप्रिय एमजी जेडएस इभीको उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ इभि अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन, र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि उत्कृष्ट विशेषताहरूको साथ आएको जानकारी दिएको छ।

एमजी एस ५ इभी नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन्। दुबै भेरियन्टमा ४९ किलोवाट प्रति घन्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले अधिकतम् २५० न्यूटन मिटर टर्क उत्पन्न गर्न सक्दछ।

डिलक्स भेरियन्ट लामो दूरी तय गर्न सक्ने विशेष क्षमतासहित प्रस्तुत गरिएको छ, जसले उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प प्रदान गर्छ। ४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर भएको आरामदायी र डिलक्स भेरियन्ट भएको एमजी एस ५ ईभीको सुरुवाती मूल्य क्रमशः ४३.९९ लाख र ४९.९९ लाख रहेको छ भने ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ ईभीको मूल्य ५४.९९ लाख रहेको छ।

समर्पित शुद्ध इभी प्लेटफर्ममा निर्मित, एमजी एस५ इभीको सेगमेन्टमा अग्रणी नवीनताहरू प्रस्तुत गर्दछ। यसमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको छ, जसले सन्तुलित गुरुत्वाकर्षण केन्द्र सुनिश्चित गर्दै स्थिरता र कार्यक्षमतामा सुधार ल्याउँछ। यसमा रियर–व्हील ड्राइभ कन्फिगरेसन, पाँच स्वतन्त्र लिङ्क सस्पेन्सन प्रणाली, र उन्नत इन्जिनियरिङ्ग प्रयोग गरिएको छ, जसले ड्राइभिङ अनुभव र आरामदायी यात्रालाई नयाँ उचाइमा पुर्याउँछ। यी विशेषताहरूले एमजी एस ५ इभि लाई मूल्यअनुसारको उत्कृष्ट विद्युतीय एसयुभी बनाएको जनाएको छ।

एमजी मोटर्स नेपालका जनरल म्यानेजर सुनिल बहादुर छेत्रीले भने, “एमजी एस ५ इभी नवीनता, सुरक्षामा सुधार, र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो। यसको नयाँ पुस्ताको प्रविधि र सेग्मेन्ट–अग्रणी विशेषताहरूका साथ, हामी विश्वस्त छौं कि एस ५ इभी ले नेपालको इभी बजारमा नयाँ परिभाषा स्थापित गर्नेछ।”

प्रकाशित: २५ फाल्गुन २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २५ फाल्गुन २०८१, आईतवार