अमेरिकामा १०० अर्ब डलर लगानी गर्ने टीएसएमसीको घोषणा

  • Technology Khabar | २१ फाल्गुन २०८१, बुधबार
अमेरिकामा १०० अर्ब डलर लगानी गर्ने टीएसएमसीको घोषणा

काठमाडौं ।

ताइवानको अग्रणी सेमिकन्डक्टर कम्पनी टीएसएमसीले अमेरिकाभित्र थप ५ नयाँ चिप उत्पादन केन्द्रहरू बनाउने योजना सार्वजनिक गरेको छ। कम्पनीका सीईओ सीसी वेईले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्प सँग ह्वाइट हाउसमा भेट गर्दै यो घोषणा गरेका हुन्।

राष्ट्रपति ट्रम्पले भने, “हामीलाई चाहिने चिपहरू यहीं निर्माण गर्न सक्नुपर्छ। यो हाम्रो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो।”

टीएसएमसीका अनुसार यो लगानी ३ नयाँ चिप निर्माण प्लान्ट, २ उन्नत प्याकेजिङ्ग केन्द्र र १ प्रमुख अनुसन्धान तथा विकास केन्द्र स्थापना गर्न खर्च गरिनेछ। यो लगानी गत वर्ष घोषणा गरिएको ६५ अर्ब डलरको लगानीको अतिरिक्त हो, जसअनुसार २०३० भित्र एरिजोनामा तेस्रो कारखाना थप्ने योजना थियो।

रोयटर्सका अनुसार कम्पनीले नयाँ लगानीको ठोस समयरेखा नदिए पनि आगामी ४ वर्षमा ४०,००० निर्माण रोजगार सिर्जना गर्ने बताएको छ।

तर, उच्च लागत टीएसएमसीका लागि मुख्य चुनौती बनेको छ। एरिजोनामा बनाइएको पहिलो प्लान्टमा ढिलाइ भएपछि २०२४ मा मात्र उत्पादन सुरु भयो, र लागत ताइवानको तुलनामा बढी पर्‍यो।

मंगलबार, ताइवानमा सूचीबद्ध टीएसएमसीका सेयर २.२५ प्रतिशतले घटेर १.५ प्रतिशत तल झरेका छन्।

टीएसएमसीअमेरिकी चिप उद्योगका लागि अत्यन्त महत्त्वपूर्ण कम्पनी हो जसले एनभिडिया, क्वालकम तथा एएमडीजस्ता ठूला अमेरिकी कम्पनीहरूलाई चिप आपूर्ति गर्छ। अमेरिकामा उत्पादन विस्तार गर्नाले आपूर्ति शृंखलासम्बन्धी जोखिमा कमी आउनेछ।

प्रकाशित: २१ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार