ओपनएआईद्वारा हालसम्मकै सर्वाधिक ठूलो जीपीटी ४.५ मोडेल सार्वजनिक

  • Technology Khabar | १८ फाल्गुन २०८१, आईतवार
ओपनएआईद्वारा हालसम्मकै सर्वाधिक ठूलो जीपीटी ४.५ मोडेल सार्वजनिक

काठमाडौं ।

ओपनएआईले जीपीटी ४.५ मोडेल सार्वजनिक गरेको घोषणा गरेको छ। यसलाई ओरायन कोडनेम दिइएको थियो र यो कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो मोडेल हो। जीपीटी ४.५ लाई अघिल्लो संस्करणहरूभन्दा धेरै कम्प्युटिङ पावर र डाटाको प्रयोग गरेर प्रशिक्षित गरिएको छ।

कम्पनीका सीईओ साम अल्टम्यानका अनुसार ओपनएआईसँग पर्याप्त जीपीयू नभएकाले मोडेलको सार्वजनिक प्रक्रिया ढिलो गर्नुपरेको हो। महिनाको २ सय डलर तिर्ने च्याटजीपीटी प्रो ग्राहकहरूले यसलाई अनुसन्धान पूर्वावलोकनको रूपमा प्रयोग गर्न पाउनेछन् भने च्याटजीपीटी प्लस र च्याटजीपीटी टिम ग्राहकहरूले अर्को हप्ताबाट जीपीटी ४.५ प्राप्त गर्नेछन्।

वाई कम्बिनेटर को स्टार्टअप अप्टिफाई डट एआईको एउटा डेमोले सामाजिक सञ्जालमा ठूलो विवाद सिर्जना गर्यो जसपछि वाईसीले उक्त पोस्ट हटाइदियो। अप्टिफाईको वाईसी प्रोफाइलअनुसार, कम्पनीले कारखानामा काम गर्ने मजदुरहरूको गतिविधि “रियल टाइम” मा ट्र्याक गर्न एआई सञ्चालित सुरक्षा क्यामराहरू प्रयोग गर्ने सफ्टवेयर निर्माण गरिरहेको छ।

टेकक्रञ्चका अनुसार यो भिडियोको एक्समा कडा आलोचना भयो जहाँ @VCBrags नामक प्रयोगकर्ताले यसलाई “sweatshops-as-a-service” भनेका थिए भने अरूले “computer vision sweatshop software” भनेर प्रतिक्रिया दिए।

यसै क्रममा अमेजनले नयाँ एलेक्सा अनुभव एलेक्सा प्लस सार्वजनिक गरेको छ। नयाँ एलेक्साको मूल्य १९.९९ डलर प्रति महिना राखिएको छ, जुन अन्य जेनेरेटिभ एआई च्याटबोटहरूसँग प्रतिस्पर्धात्मक छ।

तर अमेजन प्राइम ग्राहकहरूले यसलाई निःशुल्क प्रयोग गर्न सक्नेछन्। एलेक्सा प्लस आगामी महिनाबाट अमेरिकामा प्रारम्भिक पहुँचका लागि उपलब्ध हुनेछ। साथै अमेजनले दीर्घकालीन कार्यका लागि एलेक्सा डट कम नामक नयाँ वेब प्लेटफर्म र नयाँ इन्टरफेस तथा सुविधासहितको एलेक्सा मोबाइल एप पनि सार्वजनिक गर्ने टेकक्रञ्चले उल्लेख गरेको छ।

प्रकाशित: १८ फाल्गुन २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार