नेशनल साईबर ओलम्पियाड-२०८१ प्लस टू संस्करण सम्पन्न

Technology Khabar १७ फाल्गुन २०८१, शनिबार

काठमाडौं ।

नेशनल साईबर ओलम्पियाड–२०८१ (National Cyber Olympiad – 2081) को प्लस टू संस्करणको पहिलो प्रतियोगिता सफलताका साथ सम्पन्न भएको छ।

कुल २४ टिममा उत्कृष्ठ हुँदै फाइनल प्रतियोगितामा ४ ओटा प्लस टू कलेजका टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल प्रतियोगिताबाट उत्कृष्ट हुँदै क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरले प्रथम स्थान हासिल गर्यो। त्यसैगरी, काठमाडौँ मोडेल कलेज दोस्रो तथा चौथो र डिल्लीबजार काठमाण्डौको कलेज अफ बिजनेस म्यानेजमेन्टले तेस्रो स्थान हासिल गरेका छन्।

प्रशिक्षणको आयोजनामा भएको नेशनल साईबर ओलम्पियाड सुचना प्रविधि क्षेत्रको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता हो जसमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सम्बन्धी ज्ञान तथासीप अभिवृद्धि गर्न अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता मार्फत प्रतिस्पर्धा आयोजना गरिन्छ।

आयोजककाअनुसार, प्रतियोगिता काठमाण्डौ उपत्यकाका २४ विद्यालयका माध्यमिक तहका ७२ जना विद्यार्थीहरु प्रत्यक्ष सहभागी भई प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा सुचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्यम्बलिङ र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरू बीच क्वालिफायिङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा प्रतिस्पर्धा गराइएको थियो।

प्रतियोगितामा प्रथम हुने क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरले नगद तीस हजार रुपैयाँ, ट्रफि, मेडल, सर्टिफिकेट पाएको थियो । दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने कलेजहरुलाई पनि ट्रफि, मेडल, सर्टिफिकेटले सम्मान गरीएको आयोजकले जनाएको छ।

प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी बिद्यार्थीहरुले प्रतिस्पर्धा मार्फत सुचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफुलाई अध्यावधिक राख्ने प्रमुख लक्ष्य रहेको कार्यक्रम आयोजक “प्रशिक्षण” का संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले जानकारी दिए।

प्रकाशित: १७ फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया